काठमाडौं, ३० कात्तिक (कास): सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि कायम हुन आउने चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद सेयर जारी गर्नेसमेत सभाले निर्णय गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष ताराचन्द्र केडियाले कम्पनीको कारोबार एवं वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । सोअनुसार गत आव ०७३÷७४ मा विभिन्न बिमा व्यवसायअन्तर्गत कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेको जानकारी दिइएको थियो । अघिल्लो आवको तुलनामा यो रकम २८ दशमलव ८८ प्रतिशतले बढी हो । त्यस्तै, चालू आवको कात्तिक महिनाको अवधिमा ६१ करोड ९८ लाख रुपैयाँ बिमाशुल्क आर्जन भएको कम्पनीले जानकारी दिएको छ ।
यी ९ सूत्र अपनाए सेयरले दिन्छ सुनको अण्डा ! Bizshala -